काठमाण्डु - नेपाल क्रिकेट संघ (क्यान)ले ओमन, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ‘ए’ टोली घोषणा गरेको छ। क्यानले सोमबार एक विज्ञप्ति जारी गरी ३२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो। नेपाल ‘ए’ टोलीले २२ अप्रिलदेखि ११ मेसम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा तीन टोलीसँग खेल्दै छ। नेपाल ‘ए’ टोलीको मुख्य प्रशिक्षकमा राजु बस्न्यात र सहायक…