काठमाण्डु – साफ महिला च्याम्पियनशिप २०२४ फूटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । नेपालले विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन । खेलको पहिलो हाफको १० मिनेटमा नेपालकी अनुशा कार्कीले गरेको उत्कृष्ट प्रहार गोल पोस्टको माथिल्लो बारमा…