अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

काठमाण्डु–फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा हुने ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ खेल्ने नेपाली टोलीको घोषणा भएको छ । एन्फाको आयोजनामा प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा भएको हो । एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको २३ सदस्यीय टोलीमा दुई जना नयाँ खेलाडी समेटिएका छन्। मनमाया दमाई र सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टिममा छनोट भएका हुन्।…