काठमाण्डु-२४औं आहा रारा पोखरा गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनलमा आइतबार थ्रीस्टार क्लब र मछिन्द्र फुटबल क्लबबीच खेल हुँदैछ । खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुनेछ । सहारा क्लब पोखराको आयोजनामा जारी खेल फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख…