काठमाण्डु– साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध सानदार जित हात पारेको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए । प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको…