काठमाण्डु-नेपालले टि–२० सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन बनायो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले तीन ओभर बलिङ गरेर महत्वपूर्ण तीन विकेट लिए । सुरुमा ब्याटिङ गरेको नेपालका…