काठमाण्डु-एनपीएलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको हो । लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको योगफल तयार गरेको…