काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको नवौं खेलमा सुदूरपश्चिम रोयल्सले सानदार जित हात पारेको छ । काठमाण्डुलाई ७३ रनले हराउँदै सुदूरपश्चिमले जित निकालेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १५.५ ओभरमा ९४ रन बनाउदै अल आउट भयो । स्टेफन एस्किनाजीले बनाएको ३७ रन नै काठमाण्डुका लागि सर्वाधिक रह्यो।…