काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीसँग साफ महिला च्याम्पिनयसिप खेल्ने नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले भेट गरेका छन् । प्रधानमन्त्री ओलीले उनीहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर भेट गरेका हुन् । भेटघाटको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओली फेसबुकमा लेखेका छन्, ‘लक्ष्मीपूजाको दिन, नेपाली फुटबलका लक्ष्मीहरूसँग ।’ बुधबार साँझ भएको साफ महिला च्याम्पिनयसिपको फाइनलमा बंगलादेशसँग नेपाल २–१ गोलले…