काठमाण्डु-नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनशिप फुटबलको सातौं संस्करणको तयारी पूरा भएको छ । प्रतियोगिता कात्तिक १ गतेदेखि काठमाण्डौंमा हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपालमा तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र…