सरकारबाट आवश्यक सबै पहल हुँदा पनि अमेरिकाले सन्दीपलाई किन दिएन भिसा ?

काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको औपचारिक जानकारी गराएको छ । बिहीबार क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि सन्दीपलाई अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक जानकारी गराएका हुन् । क्रिकेट खेलाडी लामिछानेको…