काठमाण्डु– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । सिरिजअन्तर्गत दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा दुवै टोली अमेरिकासंग पराजित भएका थिए । नेपाल १०६ रन र युएई ४ विकेटले पराजित भएको थियो…