सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाण्डु - आईसीसी टी-२० क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत सिंगापुरले घरेलु टोली नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।