काठमाण्डु – टी–२० शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ ४० रनले पराजित भएको छ । टीयू क्रिकेट मैदानमा भएको खेलमा २२५ रनको विजय लक्ष्य पछ्याएको नेपाल ‘ए’ले १७.५ ओभरमा अलआउट हुँदै १८४ रन मात्र बनाउन सक्यो । नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए । लोकेश बमले २५ र कप्तान विनोद भण्डारीले २६…