एलपीएल क्रिकेटमा सत्यवती एकेडेमी सेमिफाइनल प्रवेश

धनगढी – कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को समूह ‘डी’को विजेताको रूपमा सत्यवती एकेडेमी कैलालीको सेमिफाइनल प्रवेश गरेको छ । यसअघि समूह ‘सी’बाट घोडाघोडी क्रिकेट एकेडेमी, समूह ‘बी’बाट युथ अफ टीकापुर सेमिफाइनल प्रवेश गरिसकेका छन् । आज सोमबार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गर्‍यो…