त्रिकोणात्मक टी–२० क्रिकेट : हङकङद्वारा यूएईसामु २१३ रनको लक्ष्य प्रस्तुत

काठमाण्डु – त्रिकोणात्मक टी–२० क्रिकेटअन्तर्गत हङकङले यूएईसामु २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार मुलपानीमा टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरको खेलमा ३ विकेटको क्षतिमा २१२ रन बनाएको छ । हङकङका लागि मार्टिन कोइट्जीले सर्वाधिक ८६ रन बनाएका छन् । उनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे । बाबर ह्यात…