पाकिस्तानलाई तेस्रो झड्का, रिजवान रनआउट

काठमाण्डु – एसिया कप क्रिकेटमा नेपालविरुद्ध खेलिरहेको पाकिस्तानलाई तेस्रो झड्का लागेको छ । नेपाली बलर दिपेन्द्रसिंह ऐरीको बलमा पाकिस्तानका मोहम्मद रिजवान आउट भएका छन् । उनी ४४ रन बनाएर रनआउट भएका हुन् । यसअघि पाकिस्तानका २ विकेट खसिसकेका थिए ।