एपीएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

काठमाण्डु - ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर एक सय ५४ रन बनायो । एपिएफकी कप्तान सीता राना…