काठमाण्डु- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेटमा नेपाली टोलीले भारतसँग हारे पनि खेलाडीको प्रतिस्पर्धा गर्ने क्षमता बढेको बताएका छन् । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष क्रिकेटमा भारतसँग नेपालले २३ रनले पराजित भएपछि अध्यक्ष ओलीले नेपाली खेलाडीको प्रतिस्पर्धा गर्ने क्षेमता बढेको बताएका हुन्…