‘ए’ डिभिजन लिग : मनाङद्वारा आर्मी पराजित

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । मनाङको जीतमा दयानन्द सिंहले निर्णायक गोल गरे । उनले खेलको मध्यान्तरपछिको अत्तिरिक्त समयमा रिबाउन्ड बललाई सदुपयोग गर्दै गोल गरेका…