अस्ट्रेलियामा पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाण्डु - नेपाली क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा खेलेको पहिलो अभ्यास टी२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई हराएको छ। नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो। नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो। नेपालको जीतमा पूर्वकप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए। ४ ओभर बलिङ गर्दा सन्दीपले ३१ रन…