काठमाण्डु - एसीसी मेन्स प्रिमियर कपमा ओमानविरुद्धको खेलमा कुशल मल्लले शतक पूरा गरेका छन् । कुशलले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् । योसँगै नेपालले ३९ ओभरमा ६ विकेट गुमाएर २ सय ९ रन बनाएको छ । नेपालका कुशल भुर्तेल र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका…