काठमाण्डु – एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपालले १ विकेट झारेको छ । नेपाली कलर करण केसीले पाकिस्तानका ब्याट्स म्यान फकार जमानलाई आउट गरेका छन् । प्रतियोगिता अन्तर्गतको उद्घाटन खेलमा नेपालविरुद्ध खेलिरहेको घरेलु टोली पाकिस्तानले ६ ओभरमा २५ रन बनाएको छ । पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।