त्रिदेशीय शृंखला विजेता क्रिकेट टिमलाई जनही दुई लाख दिने सरकारको निर्णय

काठमाण्डु - त्रिदेशीय ट्वान्टी २० श्रृंखला विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सरकारले जनही नगद दुई लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले घरेलु मैदानमा भएको त्रिदेशीय ट्वान्टी २० श्रृंखला विजेता नेपाली राष्ट्रिय टिमका खेलाडीहरूलाई जनही दुई लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा…