काठमाण्डु- २०औं संस्करणको आहा रारा गोल्डकप ६ माघदेखि सुरु हुने भएको छ । मोफसलको उत्कृष्टमध्येको प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लब र अमेरिकी टिमसहित ए डिभिजन खेलेका क्लबहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी…