काठमाण्डु – बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न खेल छाडेर नेपाल आउन लागेका हुन्। उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । उजुरीअनुसार…