काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान)का सात सदस्यले मंगलबार पोखरामा जारी बोर्ड बैठकमा संघको कार्यसम्पादन समितिका सदस्यहरूको राजीनामा माग गरेका छन् । मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट केन्द्रीय सदस्य ऋषिराम गौतमले अध्यक्ष चतुरबहादुर चन्दलाई राजीनामा माग गरिएको लिखित पत्र बुझाएका हुन् । ‘पदाधिकारीको गल्तीको भागीदार नेपाल क्रिकेट संघ हुन सक्दैन। त्यसैले…