महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने

काठमाण्डु - नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मिडफिल्डर दीपा न्यौपानेले भारतीय आईलिग छनोट खेल्ने भएकी छिन् । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज (मंगलबार) दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछिन् । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ…