कास्की - यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको कुम्भ मेला हो । प्रतियोगिताको मिति आउन तीन साताभन्दा कम समय बाँकी छँदा प्रतियोगिता मुख्य आयोजनास्थल पोखरा रङ्गशालासहित तोकिएका खेलस्थलमा पूर्वाधार…