रुमेशको गोलमा च्यासलको पहिलो जित

काठमाण्डु - रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा च्यासलले विभागीय टोली एपिएफलाई १-० ले पराजित गरेको हो । ४९औं मिनेटमा राइट कर्नर साइटबाट कमल श्रेष्ठले मिलाएको पासमा १८ यार्ड बक्स लाइनबाट रुपेश बर्तौलाले गरेको प्रहारले सेकेन्ड…