काठमाण्डु - नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहिबार आफ्नो तेस्रो खेलमा पाहुना टोली पपुवा न्युगिनीलाई ३७ रनले पराजित गर्दै नेपालमा फाइनलमा प्रवेश गरेको हो । टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०४ रनको विशाल पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १० विकेट गुमाउँदै १६६ रनमा समेटियो ।…