काठमाण्डु - आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा बुधबार भएको खेलमा दुई सय पाँच रनको विजय लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा दुई सय १० रन बनायो । खराब सुरुवात गरेको नेपालको जितमा रोहित…