काठमाण्डु - नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल २९औं स्थानमा उक्लिएका हुन् । यो कुनै पनि नेपाली ब्याटरको सबैभन्दा उत्कृष्ट वरीयता हो । यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३१औं स्थानमा थिए । यस्तै, नेपाली टोलीका मध्यक्रम ब्याटर…