काठमाण्डु - नेपाली क्रिकेटर सीता रानामगरले हंगकंगमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ खेल्ने भएकी छन् । क्विन्स इभेन्ट मेनेजमेन्टले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान समेत रहेकी रानामगरले हंगकंगमा हुने प्रतियोगिता खेल्ने भएकी हुन् । क्विन्स इभेन्ट मेनेजमेन्टले राना मगरलाई एजेन्सी सेवा प्रदान गर्नेछ । फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)…