काठमाण्डु – एभरेष्ट महिला भलिबल लीग (इडब्ल्यूभीएल) को दोस्रो सिजनका लागि कर्णाली एसभीएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ । कर्णाली एसभीएसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबिच शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कर्णाली एसभीएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए ।…