काठमाण्डु – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारण आफुले पदबाट राजीनामा दिन लागेको बताएका छन् । उनले यसबारेमा आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनले पछिल्लो ३ हप्तादेखि वरिष्ठ उपाध्यक्ष नेम्वाङले समस्या उत्पन्न गराईरहेको उल्लेख गरेका छन्…