कोलम्बियालाई हराउंदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुग्यो

एजेन्सी -अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले तीनवटा पेनाल्टी रोकेपछि कोलम्बियालाई हराउंदै अर्जेन्टिना फाइनलमा पुगेको हो । अव उसले फाइनल खेल ब्राजिलसंग खेल्नेछ । ब्राजिलले यसअघि पेरुलाई हराएर फाइनलमा पुगिसकेको छ । ब्रासिलियामा बुधवार विहान सम्पन्न खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि नतिजाको छिनोफानो पेनाल्टीबाट भएको थियो ।…