चितवन - एभरेष्ट प्रिमियिर लिग (इपीएल)को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ। मङ्गलबार भरतपुरमा पत्रकारको उपस्थितिमा औपचारिकरूपमा खेलाडी सार्वजनिक गरिएको हो। ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, सङ्घर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छनोट भएका छन् । ट्यालेन्ट हन्टबाट छानिएका गौतमलाई यसअघि नै चितवनले ५० हजारमा अनुबन्ध गरिसकेको…