काठमाण्डु – कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे आइतबार जापानको टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा भिड्दै छन् । नेपाली समयअनुसार सो प्रतियोगिता अपराह्न ३ बजे हुँदैछ । प्रतियोगिताको जापानी टेलिभिजनले प्रत्यक्ष प्रशारणसमेत गर्ने र भिडन्त हेर्न हजाराैं खेलप्रेमी दर्शकको सहभागिता हुने…