आइसिसी विश्वकपः आज अमेरिका र ओमानबीच भिडन्त

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल घरेलु मैदानमा ओमानसँग १८ रनले पराजित भएको थियो । अमेरिका र ओमानबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ । यसअघि अमेरिकाले आठ खेलमा छ मा जीत निकाल्दै १२ अङ्क जोडिसकेको छ…