पोखरा – पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडाका कृष्ण थापाले जितेका छन् । ५.५ अङ्क प्राप्त गर्दै थापाले उपाधिसँगै नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । एसियन एमेच्योर रहेका थापाले २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोस्रो स्थान हासिल गरेका थिए भने हाल इलामको गजुरमुखी क्लबबाट चेस खेल्दै आएका…