‘ए’ डिभिजन लिगमा सन्तोषको कीर्तिमानी १०० गोल

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सन्तोष शाहुखलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कीर्तिमानी एक सय गोल पूरा गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले नेपाली फुटबलकै माथिल्लो श्रेणीको लिगमा १०० गोल पूरा गरेका हुन् । यो सिजन च्यासल युथ क्लबबाट लिग खेलिरहेका सन्तोष ‘ए’ डिभिजन लिगमा…