एसिया कप छनौट अव भदौ दोस्रो साता मलेसियामा

काठमाडौं– एसिसी एसिया कप छनोट प्रतियोगिता मलेसियामा हुने भएको छ। यसअघि भारतमा हुने भनिएको प्रतियोगिता अब मलेसियामा हुने एसियाली क्रिकेट काउन्सिल ( एसिसी) ले जनाएको छ। प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एसिसीले जनाएको हो। ६ टिम मध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ।…