काठमाडौंं - साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो । खेलको ३१औं मिनेटमा पाकिस्तानले अदनान जस्टिनको गोलबाट अग्रता लिएको थियो । खेलको ५३औं मिनेटमा भारतका थालाचुईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए…