काठमाण्डु - टी–२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शुभकामना दिएका छन् । शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै क्रिकेटले नेपाललाई राष्ट्रिय एकता, पहिचान र सम्भावनाको बाटो देखाएको उल्लेख गरेका छन्। सन्देशमा शाहले नेपाली क्रिकेटको यात्रालाई ऐतिहासिक परिप्रेक्ष्यसँग जोड्दै व्याख्या गरेका छन्। उनका…