अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप : उपाधिका लागि नेपाल र म्यानमार खेल्दै

काठमाण्डु- घरेलु मैदानमा भइरहेको चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि बुधबार नेपाल र म्यानमार खेल्दैछन् । फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरू हुनेछ । वरियतामा म्यानमार नेपालभन्दा ४८ स्थान माथि रहेको छ । नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन । म्यानमारले ३ खेल जित्दा २…