क्लब विश्वकपमा अप्रत्याशित नतिजा निकाल्दै ब्राजिली क्लब

काठमाण्डु - अमेरिकामा क्लब विश्वकपको समूहचरणका खेल समाप्त हुँदै गर्दै एक स्पष्ट र अप्रत्याशित शक्तिका रूपमा ब्राजिलका टोलीहरू देखिएका छन्। पछिल्ला केही वर्ष कोपा लिबर्टाडोरेसका विजेताहरू फ्लामेन्गो, पाल्मेरेस, बोटाफोगो र फ्लुमिनेन्स सबै टोलीले क्लब विश्वकपको दोस्रो चरणमा स्थान बनाएका छन्। यी सबैले बलिया युरोपेली क्लबविरुद्ध उत्कृष्ट नतिजा निकाल्दै यी सफलता निकालेका हुन्। जुन किसिमका नतिजा…