एप्पललाई झट्काः एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी

एजेन्सी - प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने चेतावनी दिएलगत्तै उसको शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ। वाल स्ट्रीटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्कियो। एप्पलका प्रमुख कार्यकारी टिम कुकले चीनमा बिक्री घटेका कारण कम्पनीको आम्दानी पनि घटेको बताएका छन्। सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको…