काठमाडौं - नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा सेवा विस्तार गरेको छ । टेलिकमले हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा जिएसएम मोबाइल सेवा विस्तार गरेको हो । नेपाल र चीन जोड्ने कोरला नाका नजिक टावर निर्माण गरेर जिएसएम मोबाइल सेवा सुरु गरिएको टेलिकम प्रवक्ता प्रतिभा बैद्यले बताइन । उनका अनुसार यस क्षेत्रमा यसअघि मोबाइल सेवाको पहुँच पुगेको…