लोकतन्त्रको मुख्य आधार नै आवधिक निर्वाचन हो । यस अर्थमा निर्वाचन विना लोकतन्त्र जीवन्त र गतिशील रहन सक्दैन । त्यसैले लोकतन्त्रमा निर्वाचन अनिवार्य सर्त हो । सिद्धान्ततः निर्वाचन लोकतन्त्रको अभ्यासका लागि गरिन्छ, तर व्यवहारतः निर्वाचन भौतिक विकास र राजनीतिक निकासको उपयुक्त मध्यम पनि हो (पोखरेल, २०७४)। यसैले, लोकतान्त्रिक व्यवस्थामा कुनै पनि सरकारको शासन सञ्चालनको मुख्य…